रुरु जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

NAWALPUR TIMES

रुरु जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा
IPO ruru hydropower

रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँट भएको छ।

आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले निष्कासन गरेका ४ लाख ७ हजार ७०६ कित्ता आज विहान बाँडफाँट भएको हो।

सेयर खरिदका लागि १६ लाख ८३ हजार १ सय २१ जनाले २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग गरेको थिए। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द तथा १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ।

न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई सेयर बाँडफाँट गरिएको छ। कम्पनीले चैत २० गतेदेखि प्रिमियम मुल्यमा प्रतिसेयर १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

आईपीओ रिजल्ट सम्बन्धित कम्पनी, विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट (www.iporesult.cdsc.com.np) बाट बाँडफाँटको नजिता हेर्न सकिने छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology