स्थानीय जनगणना कार्यालय गैंडाकोटमा स्थापना

NAWALPUR TIMES

स्थानीय जनगणना कार्यालय गैंडाकोटमा स्थापना
20210416 104203 scaled

गैँडाकोट नगरपालिकाको कार्यालयमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ।  १२ औं राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी गैँडाकोट नगरपालिका लगायत देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका हेर्ने प्रयोजनका लागि स्थानीय जनगणना कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको एक समारोहका विच गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको थियो।

कार्यालय उद्घाटन गर्दै पौडेलले १२ औं राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले नगरपालिकामा स्थापना गरिएको स्थानीय जनगणना कार्यालयबाट प्रभावकारी रुपमा कार्य गर्ने बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, जिल्ला जनगणना कार्यालयका प्रमुख जितेन्द्र रानाभाट, गैँडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत पुष्पराज शर्मा, लिलाधर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology