कस्तो रहनेछ आजको मौसम ?

NAWALPUR TIMES

कस्तो रहनेछ आजको मौसम ?
1601101692 mausam sapha

हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology