काठमाडाैं- शुक्रबार राति निधन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको शव शनिबार (आज) मध्यान्ह १२ बजेबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगिने भएको छ।
स्वर्गीय नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी कार्यालयमा शव लैजाने भएको हो। त्यहाँ १२ देखि २ बजेसम्म राखेर उनलाई श्रद्धाञ्जलि अर्पण गरिने जानकारी दिइएको छ।
त्यसअघि आजै बिहान ११:३० बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधन भएपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो। बैठकले नेता जोशीको दाहासंस्कारबारे निर्णय गर्ने बुझिएको छ।
Facebook Comment