नवलपुरका मदिरा व्यवसायीहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

नवलपुरका मदिरा व्यवसायीहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न
IMG 0150 1

गैंडाकोट, ५ चैत्र २०७७ । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ तथा पूर्वी गैंडाकोटका मदिरा व्यवसायी बीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पेशागत हक हितका साथै व्यवसायिक सुदृढिकरण र प्रर्वद्धनका लागी आगामी दिनहरुमा संघले अवलम्बन गर्ने योजना आदिका बारेमा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बोल्नु भएको थियो।

अर्न्तक्रिया कार्यक्रममा संघका अध्यक्ष रेशमलाल चापागाइँले बोल्दै जिल्लामा व्वसायिक र मर्यादित ढंगबाट व्यवसाय गर्न आवश्यकता रहेको बताउँदै संघले यसको पहलकदमी सुरुवात गरेको बताउनुभयो। यस्तै संघका सचिव प्रभात न्यौपानेले संघको स्थापनाको औचित्य माथि प्रकाश पार्दै स्थापना भएदेखि हालसम्म भए गरेका गतिविधि बारेमा चर्चा गर्नुभएको थियो ।

उहाँहरुले व्यवसायमा अहिले देखिएका कतिपय चुनौतिहरुलाई सबैको सल्लाह र सुझाव अनुसार मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा सामुहिक छलफल पनि भएको थियो । सामुहिक छलफलका बेलामा सदस्यहरुले राखेका जिज्ञासाहरूको जबाफ संघका अध्यक्ष चापागाइँले दिनुभएको थियो। अन्तरक्रिया कार्यक्रम पछि बसेको संघको बैठकले यसअघि व्यावसायिहरुले फरक फरक मुल्यमा मदिरा बिक्रि वितरण गरिएको पाइएकोले मुल्यमा एकरूपता कायम गर्ने निणर्य गरेको छ । यसैगरि प्रत्येक सोमबार साझँ ५ बजेसम्म सातामा १ दिन पसल व्यवसाय अनिवार्य पसल बन्द गर्ने र दर्ता नभएका पसलहरुलाई निरुत्साहित गर्ने निणर्य गरिएको सार्थक सप्लायर्सका प्रोप्राइटर सन्दिप तिवारीले जानकारी दिनुभएको छ ।

यसैगरि मदिरा व्यवसायीहरुबीच सुमधुर सम्बन्ध विकसित गर्दै स्वस्थ्य प्रतिस्पर्धा सहितको मर्यादित व्यवसायलाई प्रोत्साहन गर्ने निणर्य भएको तिवारीले जानकारी दिनुभएको छ ।

यसैबीच सोही बैठकले मदिरा व्यवसायी मुक्तिनाथ अधिकारीलाई तदर्थ समितिमा सिफारिस गरेको छ भने पूर्वी गैडाकोटबाट प्रतिनिधित्व हुने गरि ५ सदस्यीय संघको गैंडाकोट उपसमिति चयन गरेको छ । उपसमितिमा जीवन शर्मा, बिमल लम्साल, संन्दिप तिवारी, कमलनारायण न्यौपाने र रितेश शर्मा रहनुभएको छ । संघका सदस्य मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन संघका वरिष्ठ सदस्य बिमल लम्सालले गर्नुभएको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology