आफ्नो नयाँ चलचित्रको लागि केकी अधिकारीले कपाल खौरिइन

NAWALPUR TIMES

आफ्नो नयाँ चलचित्रको लागि केकी अधिकारीले कपाल खौरिइन
1615810210507

काठमाडौं । चलचित्रमा आफ्नो चरित्रलाई जिवन्त बनाउन बलिउड, हलिउड कलाकारहरु आफूलाई त्यही रुपमा ढाल्छन् । यो ट्रेन्ड नेपाली चलचित्र जगतमा पनि देखिन थालेको छ ।

केही समयअघि मात्रै अभिनेत्री सुरक्षा पन्तले चलचित्र ‘आमा’का लागि कपाल खौरेकी थिइन् । अर्की अभिनेत्री नम्रता श्रेष्ठले पनि चलचित्र ‘जाइरा’ का लागि ‘बोइज कट’ गरेकी थिइन् ।

हालै अर्की अभिनेत्री केकी अधिकारीले पनि कपाल खौरिएकी छिन् । अभिनेत्री अधिकारीले चलचित्रका लागि आफ्नो सुन्दर कपाल खौरिएकी हुन् ।

उनले चलचित्रमा आफ्नो भूमिकाका लागि कपाल खौरिएको बताएकी छिन् ।

“मैले चलचित्रका लागि कपाल खौरिएको हुँ । यहि चैतदेखि छायांकनमा जाँदैछौं,” केकीले भनिन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology