अब प्रदेशसभा विघटनको पालो आएको हो ?

NAWALPUR TIMES

अब प्रदेशसभा विघटनको पालो आएको हो ?
sherdhan rai xAROqVBjaK

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको आरोप लगाए ।

‘संसदीय अभ्यासमा दलको विधान नमान्ने कहीँ हुन्छ ?,’ उनले भने, ‘जबर्जस्ती कब्जा गर्ने, भत्काउने, भाँडभैलो गर्ने काम भइरहेको प्रदेशसभाको औचित्य समाप्त भएर भंग नहोला भन्न सकिँदैन ।’ आफू राम्रो थिति बसाएर संघीयताको रक्षा र कार्यान्वयन गर्ने पक्षमा रहेकाले प्रदेशसभा भंग गर्ने कुनै मनसाय नरहेको तर भाँडभैलो मचाएर गलत मनसायका साथ जबर्जस्ती कब्जा गर्न खोजियो भने प्रदेशसभा भंग हुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

भंगको अवस्थामा पुग्यो भने सबै प्रदेशसभा भंग हुने उनले बताए । दलका सदस्य विधान कुल्चेर, विधानविपरीत दल र दलको नेतालाई जानकारी नदिइ प्रस्ताव लैजान पाउने व्यवस्था नेकपा संसदीइ दलको विधानमा नभएको भन्दै राईले सडकमा टाको गनेर मान्यता दिन नसकिने बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology