सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिन सक्ने
NAWALPUR TIMES प्रकाशित : २०७७ माघ २३ गते १२:०५
army h4rsx2tN0s
काठमाडौं : नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो। निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो।
आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ। न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्।
Facebook Comment