गैंडाकोटबाट हराएकी सरस्वतीको शव नारायणीमा भेटियो

NAWALPUR TIMES

गैंडाकोटबाट हराएकी सरस्वतीको शव नारायणीमा भेटियो
140931751 427767368566617 7899456097665061389 n

कावासोती । पूर्वि नवलपरासीको गैँडाकोटबाट केहि दिन अघि हराएकी २८ वर्षिया सरस्वती श्रेष्ठ (पाध्या) मृत अवस्थामा फेला परेकी छिन ।
गैँडाकोट नगरपालिका वडा नं. १ प्रगतीटोलमा बस्दै आएकि उनको शव नारायणी नदीमा फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।नदीको चितवन तर्फको भागमा उनको शव भेटिएको प्रहरी निरिक्षक चन्द्रवबहादुर थापाले बताए ।

एक साता अघि घरबाट हिडेकी उनको कपडा र चप्पल बृटिसक्याम्प नजिकै नारायणी नदी किनारमा भेटिएपछि उनि नारायणी नदीमै हाम फालेर बेपत्ता भएको अनुमान प्रहरीले गरेको थियो । मृतक सरस्वतीका एक छोरा र एक छोरी रहेका छन । उनका श्रीमान केहि दिनअघि मात्रै विदेशबाट आएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology