गैंडाकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागी लगत संकलन सुरु

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागी लगत संकलन सुरु
2020 07 16 Gaidakot nag1

नवलपुर । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा सोमबार देखि राष्ट्रिय परिचय पत्रको लागी लगत संकलन कार्य सुरु भएको छ ।

जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।

लगत संकलन कार्य मंगलबार सुरु भई कम्ती ९ देखि बढिमा १५ दिन सम्म चल्ने बताईएको छ । सबै वडाहरुको वडा कार्यालय र जनसंख्या का आधारमा थप केन्द्रहरु संचालन गरेर काम सुरु गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए ।

भुसालका अनुसार परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति,पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology