गैंडाकोटमा ओली समूहले बिथोल्यो दाहाल-नेपाल पक्षको भेला

NAWALPUR TIMES

गैंडाकोटमा ओली समूहले बिथोल्यो दाहाल-नेपाल पक्षको भेला
thumb 5

नारायण शर्मा/नवलपरासी — गैंडाकोटमा नेकपाको दाहाल-नेपाल समूहले राखेको अगुवा कार्यकर्ताको भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका छन् । बुधबार नेकपा गैंडाकोट नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेर बिथोलेका हुन् । भेलामा दाहाल-नेपाल पक्षधरहरुलाई मात्रै सहभागी गराइएको भन्दै ओली सर्मथकहरुले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।

नेकपा पुर्वी नवलपरासीका जिल्ला सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउने बित्तिकै विरोध सुरु भएको हो ।कार्यक्रममा ओली समूहका नेता तथा कार्यकर्ताले ‘गुटको भेला बन्द गर’ भन्दै चर्का नाराबाजी गरेका थिए ।

प्रमुख अतिथीका रुपमा रहेका माधवकुमार नेपाल पक्षधरका नेता कृष्ण पौडेलले छोटो भनाई राखेर कार्यक्रम सकेका थिए । भेलाको अध्यक्षता गरेका नेकपा गैंडाकोटका अध्यक्ष षडानन्द लामिछानले केही कमीकमजोरी भएको प्रतिक्रिया दिए । युवा संघका संयोजक कृष्ण कँडेलले पार्टीको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology