नेकपामा भोलि दुवै पक्षले बोलायो केन्द्रीय कमिटी, एकले अर्को पक्षलाई कारवाहीको तयारी

NAWALPUR TIMES

नेकपामा भोलि दुवै पक्षले बोलायो केन्द्रीय कमिटी, एकले अर्को पक्षलाई कारवाहीको तयारी
2020 12 21 Nekapa Baithak

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुवै पक्षले भोलि मंगलबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउसो १ बजे प्रचण्ड–नेपाल समूहले बबरमहलको कार्की ब्याङ्केटमा बैठक बोलाएका छन् भने केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा ।

ओली समूहले बिहान ९ बजे बैठक बोलाएका छन् ।

नेकपा कार्यालयमा दुई सचिवले छुट्टाछुट्टै बैठकका लागि एसएमएस पठाएका छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको छ भने ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई कारवाहीको तयारी गरेको स्रोतले जानकारी दियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology