संसद बिघटन घोर असम्बैधानिक : प्रतिपक्षी दलका नेता नेपाली

NAWALPUR TIMES

संसद बिघटन घोर असम्बैधानिक : प्रतिपक्षी दलका नेता नेपाली
FB IMG 16084425179135977

नारायण शर्मा/नवलपरासी
गण्डकी प्रदेश सभामा बिपक्षी दलका नेता तथा बरिष्ठ अधिबक्ता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीको संसद बिघटन गर्ने प्रस्ताब घोर अप्रजातान्त्रीक र असंबैधानिक कदम भएको बताएका छन ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकवाट निर्णय गरेर संसद बिघाटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको केहेबेरमा गण्डकी प्रदेश सभामा बिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले एक बिज्ञप्ती मार्फत त्यस्तो असंबैधानिक कदम फिर्ता लिन माग गरेका हुन ।
बिज्ञप्तीमा नेकपा पार्टि भित्रको झगडा मिलाउन नसकेर संसद बिघटनको प्रस्ताव घो अप्रजातान्त्रीक भएको भन्दै फिर्ता लिन माग गरिएको छ । जनताले झण्डै दुइ तिहाइको आदेश मार्फत शासन गर्न दिएको अधिकारको संरक्षण गर्न प्रधानमन्त्री र नेकपाको कमजोरी रहेको उनले बिज्ञप्तीमा उल्लेख गरेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology