काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि वापन्थी र लोकतान्त्रिक विचारधारका कानुन व्यवसायी दुई समूह प्रतिस्पर्धामा छन् ।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् । सर्वोच्च बारमा ६०५ जना सदस्य छन् । दिउँसो ३ बजेभित्र मतदान सकिइसक्ने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित : २०७७ पुष ४ गते ११:०३
Facebook Comment