काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक मर्मविपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएको भन्दै अधिवेशन बोलाउन माग गरेको हो ।
कांग्रेसले अध्यादेश संविधानको मर्म विपरीत आएको ठहर गर्दै तत्काल अधिवेशन बोलाउन माग गरेको हो । बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले मंगलबार बसेको संवैधानिक परिषद् बैठकले केही निर्णय गरेको भए त्यसलाई संसदीय समितिमा चुनौती दिने तयारी गरेको प्रवक्ता शर्माले बताए ।
बैठकले पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक डाकेको छ । बैठकमा मंसिर २९ गते देशभर भएको प्रदर्शनको समीक्षासमेत भएको छ ।
प्रकाशित : २०७७ पुष १ गते १९:०४
Facebook Comment