अध्यादेश र संसद बैठक बोलाउने निवेदन फिर्ता लिने, केन्द्रीय कमिटी बैठक पुस १० गते

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १८:०२
अध्यादेश र संसद बैठक बोलाउने निवेदन फिर्ता लिने, केन्द्रीय कमिटी बैठक पुस १० गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिने सर्वसम्मतीले निर्णय गर्दै सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए ।

उनी संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका थिए । पुस ५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ । स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्नेछ ।

प्रकाशित : २०७७ पुष १ गते १८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI