नेकपा स्थायी समिति बैठक सुरु : प्रधानमन्त्री ओली पनि सहभागी

NAWALPUR TIMES

नेकपा स्थायी समिति बैठक सुरु : प्रधानमन्त्री ओली पनि सहभागी
nekapa standing comittee 2077 08 28

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो । बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

अहिले उक्त छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology