सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३० गते १९:१२
सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ : देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश प्रकरणले सरकारको सर्वसत्तावादी सोच झनै प्रस्ट पारेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धमा साँझ सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै देउवाले संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक समेत रहेको बताए । देउवाले सभामुखलाई विश्‍वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद भन्दै अलोकतान्त्रिक तबरले ल्याएको अध्यादेशमा कांग्रेसको विमति रहेको प्रस्ट पारेका छन् ।

‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ,’ देउवाले फेसबुक पेजमा लेखेका छन्, ‘यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

प्रकाशित : २०७७ मंसिर ३० गते १९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI