यी हुन् सेक्स र्याकेटमा बद्नाम भएका कलाकार

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २८ गते १९:३५
यी हुन् सेक्स र्याकेटमा बद्नाम भएका कलाकार

मुम्बई । अभिनय गरेर नाम कमाउने मात्रै हैन, बद्नाम हुनेहरु पनि छन् बलिउडमा । सेक्स स्क्याण्डलले क्षणिक चर्चा पाएका कलाकारहरु कलान्तरमा पेशावाटै पलायन भएको उदहारण धेरै छ ।

यहाँ केही यस्ता कलाकारको चर्चा गरिएको छ । जो बलात्कार आरोप लागेपछि चम्किँदो करिअर विचैमा ब्रेक लगाउन वाध्य भए । हेरौं, को को रहेछन् त्यस्ता कलाकार :

शाईनी आहुजा : शाईनी अहुजा अहिले ४७ वर्षका भए । १५ मे १९७३ मा देहरादुनको उत्तरखण्डमा जन्मेका शाइनीले सन २००३ मा ‘हजारो ख्वाहिशे ऐसी’ वाट बलिउडमा डेब्यु गरे । जुन फिल्मवाट उनले वेष्ट डेब्यु अवार्ड समेत पाए ।

त्यसपछि उनले ग्याङगस्टार, वो लम्हे, लाईफ इन अ मेट्रो, भुल भुलैया लगायतका फिल्ममा काम गरे । अभिनयमा राम्रै प्रभाव पारेका यी कलाकारलाई सन २००९ मा बलात्कारको आरोप लागेपछि उनी अभिनयवाटै पलायन भए । घरमा काम गर्ने महिलाले उनलाई बलात्कारको आरोप लगाएकी थिईन् । बलात्कार आरोपमा तीन महिना जेल बसेका साइनीलाई अदालतले सात वर्ष जेल सजाय सुनाएको छ भने अहिले साइनीले हाइकोर्टमा अपील गरेका छन् ।

श्वेता बासु : हैदराबादको बञ्जरा हिल्समा एक सेक्स स्क्याण्डलमा श्वेता बासुको नाम मुछियो । दुई महिना सुधार गृहमा बसेकी श्वेता त्यसपछि घर फर्केकी थिईन् ।

श्वेताले मकडी, इकबाल, वाह लाइफ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । सेक्स ¥याकेटमा मुछिएपछि उनले फिल्म पाएकी छैनन् ।

इन्दर कुमार : इन्दर कुमार माथी पनि सन २०१४ मा एक महिलामाथी बलात्कार गरेको आरोप लाग्यो । सलमानको खास मित्रको रुपमा चिनिएका इन्दर कुमार प्रहरी गिरफ्तारीमा समेत परे ।

सन २०१४ मा अदालतवाट जमानतमा रिहा भएका इन्दर कुमारले त्यसपछि फिल्म पाएका छैनन् । उनले सलमान खानसंगै ‘वान्टेड’ मा काम गरेका थिए ।

आदित्य पञ्चोली : जतिवेला पूजा बेदीसंग रिलेशनमा थिए । आदित्यलाई बलात्कारको अभियोग लाग्यो । सोही आरोप लागे पछि पूजाले आदित्यसंग सम्बन्ध बिच्छेद गरेकी थिईन् ।

राजकुमार सन्तोषी /ममता कुलकर्णी : ममता कुुलकर्णीले निर्देशक राजकुमार सन्तोषीलाई सेक्सुअल ह्यारसमेन्ट गरेको आरोप लगाईन् ।

ममताले यो आरोप लगाएपछि केही समय बलिउडमा राम्रै खल्बली मच्चिएको थियो । यसपछि ममतालाई कुनै पनि निर्माताले फिल्ममा लिएनन् ।

शक्ति कपुर : रिल लाईफमा खलनायक बनेका शक्ति कपुर रियलमा पनि खलनायक जस्तै भएको टिप्पणी अहिले पनि बलिउडमा हुने गर्छ । प्रहरीको एक स्टिङ अप्रेशनमा शक्ति कपुरले कतिपय महिलालाई फिल्ममा भुमिका दिने भन्दै यौन शोषण गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।

अस्मित पटेल/रिया सेन : एउटा बोल्ड भिडियो सार्वजनिक भएपछि अस्मित पटेल र रिया सेन बद्नाम भए । उक्त भिडियोमा दुबै काफी हट थिए । भिडियो सार्वजनिक भएपछि उनीहरु दुबै फिल्मवाट टाढा भए ।

मिस्टी मुखर्जी : मुम्बईका एक धनाढ्यको घरमा छापा मार्दा हाई प्रोफाईल सेक्स -याकेटको भण्डाफोर भएको थियो । उक्त घरमा छापा मार्दा केही निलो चलचित्र र नायिका मिस्टी मुखर्जी पक्राउ परेकी थिईन् ।

प्रकाशित : २०७७ मंसिर २८ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI