गैंडाको खाग सहित ५ जना पक्राउ

NAWALPUR TIMES

गैंडाको खाग सहित ५ जना पक्राउ
gaida1607680424

स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो।

अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो।

पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन्।

त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन्।

बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology