कावासोतीमा लागूऔषध सहित २ जना पक्राउ

NAWALPUR TIMES

कावासोतीमा लागूऔषध सहित २ जना पक्राउ
download

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा लागूऔषध २ जना पक्राउ परेका छ्न ।

कावासोती नगरपालिका वडा नं ३ हलचोक स्थित भित्री सडकखण्डमा शंकास्पद अवस्थामा हिडिरहेका कावासोती-३ का देवबहादुर थापा र सुनिल गुरुङलाई रोकेर चेकजाँच गर्दा साथमा लागूऔषध फेला परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट डाईजापाम, नुफृन, फेनारगन १०/१० एम्पुल, नाईट्रोभेट-१० ७५ ट्याबलेट र स्पाष्मो प्रोक्सिभोन ६७ क्यापसुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सोमबारनै जिल्ला अदालतबाट १० दिनको म्याद थपी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology