राजावादी सडकमा आएपछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

NAWALPUR TIMES

राजावादी सडकमा आएपछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
kp oli 20200525121753

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

सर्वदलीय बैठकमा पछिल्लो समय भइरहेका राजतन्त्र र हिन्दु राज्यसम्बन्धी आन्दोलनबारे छलफल हुने बुझिएको छ। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology