क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

NAWALPUR TIMES

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो
5fccf37c8d759 Dwarf Planet Research scaled

क्यानवेरा, मंसिर २१ ग्ते।
ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि जापान पठाइएको छ । जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो ।
हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो । प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्टे«लियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन् ।
चट्टानको अवतरणपछि उक्त स्थानको खोजी हेलिकप्टरबाट गरिएको थियो । जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology