काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । अर्को सचिवलाय बैठक मंसिर २८ गते बस्ने गरी आजको बैठक सकिएको बैठकपछि नेता देवेन्द्र पौडेलले जानकारी दिए । उक्त बैठकसम्म अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओली शर्मासँग सहमतिका लागि संवाद गर्ने पनि उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि थिएनन् ।  शनिबार पनि नेकपाको  सचिवालय बैठक बसेको थियो । उक्त बैठकपछि पार्टी अध्यक्षद्वय ओली र दाहालको प्रस्तावमाथि आज छलफल गर्ने बताइएको थियो ।
											
											प्रकाशित :  २०७७ मंसिर  २१ गते १५:४४
										
										
										
	
										
										  
							 
						
Facebook Comment