नेता पौडेलको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

NAWALPUR TIMES

नेता पौडेलको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला
Dr.Sashankkoirala wfAELUM8Av.2e16d0ba.fill 650x500 1

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई सत्ताको चरम दुरुपयोग भएको बताएका छ्न ।

तनहुँ प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई नियन्त्रणमा लिएको थियो।

निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ।

महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्सर्ना योग्य भएको भन्दै नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको बताए ।

“कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ । कांग्रेसका नेता,कार्यककर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस्” कोइरालाले नवलपुर टाईम्स सँगको कुराकानीमा बताए ।

साथै महामन्त्री कोइरालाले तत्काल नेता पौडेल लगाएत प्रहरी नियन्त्रणमा रहेका काङ्ग्रेस नेता तथा कार्यकर्तालाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएका छ्न ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology