ओली सचिवालय बैठकमा आएनन्, स्थायी कमिटी बैठक पनि सर्‍यो

NAWALPUR TIMES

ओली सचिवालय बैठकमा आएनन्, स्थायी कमिटी बैठक पनि सर्‍यो
128335726 3562410807184731 1237559747563385283 n

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा नआएका हुन्।सचिवालय बैठक मंसिर २० गते दिउँसो १ बजेसम्म स्थगित भएको छ। यस्तै बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सारिएको छ।‘आज प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष सचिवालय बैठकमा आउनुभएन,’ एक सचिवालय सदस्यले  भने, ‘धेरै कुरा प्रधानमन्त्रीसँग जोडिएका विषय छन्। प्रधानमन्त्रीलाई २० गतेसम्म समय दिइएको छ। सधैं यसैगरी अघि बढ्न गाह्रो हुन्छ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology