सरकार संवेदनशील नभएको भन्दै काङ्ग्रेसद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

NAWALPUR TIMES

सरकार संवेदनशील नभएको भन्दै काङ्ग्रेसद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण
FB IMG 16064901084308442

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलले कोरोना संक्रममको कारण ज्यान गुमाउनेको संख्या बढिरहदा प्रदेश सरकार संवेदनशील नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई काङ्ग्रेस संसदीय दलको प्रतिनिधिमण्डलको टोलिले भेटेरै सरकारको काम कार्वाही प्रति असन्तुष्टि जनाएको छ ।

काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वको टोलिले कोरोना संक्रमितको उपचारमा संवेदनशिल हुन आग्रह गर्दै नवलपुर र बाग्लुङ्गको जिल्ला अस्पतालमा भएको पिसिआर मेसिन तत्काल सन्चालनमा ल्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

टोलिले गत आर्थिक वर्षमा ३१ वटा भेन्टिलेटरका लागि बजेट विनियोजन गरे पनि अहिलेसम्म १३ वटा मात्र खरिद भएका भन्दै बाँकी भेन्टिलेटर तत्काल खरिदका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

५१ वटा आईसियु लागी बजेट छुट्टाईएको भए पनि २७ वटा मात्रै थपिएको हुँदा बाकी आईसियु पनि तत्काल थप्नु पर्ने भन्दै सर्वपक्षीय अनुगमन संयन्त्र बनाएर काम गर्न काङ्ग्रेसको टोलिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको प्रतिनिधिमण्डलका सदस्य प्रदेश सांसद विष्णुप्रसाद लामिछानेले बताए ।

मुख्यमन्त्री गुरुङले प्रतिपक्षको सुझावप्रती सरकार सकारात्मक भएको बताएका सांसद लामिछानेले बताए ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली सहित मुख्य सचेतक मणिभद्र शर्मा कँडेल, सचेतक ओमकला गौतम, सांसदहरु कुमार खड्का, बिन्दुकुमार थापा, ललितकला गुरुङ, विष्णुप्रसाद लामिछाने, भावगतप्रकाश मल्ल, कोपिला बोहोराको टोलिले मुख्य मन्त्री गुरुङलाई भेटेको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology