पासा खेलिरहेको अवस्थामा गैंडाकोटबाट १ लाख २४ हजार सहित ११ जना पक्राउ

NAWALPUR TIMES

पासा खेलिरहेको अवस्थामा गैंडाकोटबाट  १ लाख २४ हजार सहित ११ जना पक्राउ
FB IMG 16055887582089689

कावासोती । पुर्वी नवलपरासीको गैंडाकोटमा पासा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

गैंडाकोट -८ स्थित छविलाल सुबेदीको घरमा पासा खेलिरहेका सोही स्थानका छविलाल सुवेदी , हरिप्रसाद शर्मा, ढाकाराम भुसाल, भिमलाल बल, कृष्ण दवाडी , नन्दकेशव शर्मा, मुक्तिनाथ सिग्देल , रत्नबहादुर सुनार, सरोज गयाजु, झलकबहादुर राना र सुरज गुरुङलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटको टोलिले रातीको १२:४५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरु बाट नगद १ लाख २४ हजार ४९५ सहित ६ वटा पासा बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology