गैंडाकोट नगरपालिकाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कात्तिक २१ गते शुक्रबार संकलन गरिएका १२४ स्वाब मध्ये १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।
पोखराबाट आज प्राप्त रिपोर्ट अनुसार गैंडाकोटमा १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेहरूमा गैंडाकोट नगरपालिकाका कर्मचारी, गैंडाकोट स्वास्थ्य चौकीका कर्मचारी र नगर अस्पताल पितौजीघाटका कर्मचारी समेत रहेका छन्।
थप विवरण केही बेरमा प्राप्त हुने स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी गराउनुभयो।
Facebook Comment