टेलिभिजन परीक्षण गर्दै टेलिकम

NAWALPUR TIMES

टेलिभिजन परीक्षण गर्दै टेलिकम
1604388924335

काठमाडौं, कार्तिक १८। आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।

अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । उनका अनुसार अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुनेछ ।

टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी र्दिए । उक्त परीक्षण पनि सफल भइसकेको छ, उनले भने ।

कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्नसक्ने छन् ।

टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology