विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै नायिकामाथि चक्कु प्रहार

NAWALPUR TIMES

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै नायिकामाथि चक्कु प्रहार
1603884496998

टेलिभिजनकी नायिका मालवी मल्होत्रामाथि चक्कु हमलाका आरोपी योगेश महिपाल सिंहसम्म पुग्न मुम्बई प्रहरी सफल भएको छ । प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ ।

प्रहरी अधिकारीका अनुसार आरोपी सिंह मंगलबार राति छिमेकी पालघर जिल्लाको वसईस्थित एक अस्पतालमा भर्ना भएका थिए । मालवीमाथि हमला गरेपछि उनले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि प्रहरीले गरेको छैन ।

हमलापछि पछि आरोपी सिंह आफ्नो कारमा फरार भएका थिए । उनलाई अस्पतालमा फेला पारेपछि प्रहरीको एक टोली पुगेर उनीसँग सोधपुछ गरेको थियो ।

अभिनेत्री मालवीका अनुसार आरोपीले कथित रुपमा सोमबार राति मुम्बईको बर्सोवा क्षेत्रमा पेट र दुई हातमा चक्कु प्रहार गरेका थिए । उनी गम्भीररुपमा घायल छिन् । उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको जाँचमा योगेशले यो हमला एकतर्फी प्रेमका कारण गरेको खुलेको छ । प्रहरीलाई मालवीले आफूले सिंहलाई पछिल्लो एक वर्षदेखि चिनेको र उनी आफूसँग विवाह पनि गर्न चाहेको बताएकी छन् । तर, उनले सिंहको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

वर्सोवा प्रहरीका अनुसार आरोपी सिंहविरुद्ध ३०७ (हत्याको प्रयास) सहित विभिन्न भारतीय दन्ड संहिताको धाराअनुसार एफआईआर दर्ता गरिएको छ ।

दैनिक भास्कर  बाट

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology