विश्वकै सबैभन्दा गरिब पूर्व राष्ट्रपति जोस, जीवनशैली अचम्मको

NAWALPUR TIMES

विश्वकै सबैभन्दा गरिब पूर्व राष्ट्रपति जोस, जीवनशैली अचम्मको
1603282170544

काठमाडौं। जोस मुजीका उरुग्वेका पूर्व राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी पूर्व राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस मुजिका एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् ।

समाचार एजेन्सी बीबीसीका अनुसार उनि उरुग्वेको ४० औँ राष्ट्रपति हुदा समेत  एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरेका थिए । जुन कुनै पनि देशको  राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो ।

एक पंक्तिमा उल्लेख गर्दा जोसको जीवन शैली यस्तो छ–एक जीर्ण फार्म हाउसमा निकै कम सुविधाका साथ उनी बसिरहेका छन् । जहाँ कुवाबाट पानी भर्ने गरिन्छ भने आफ्नो कपडा पनि बाहिर खुल्ला स्थानमा धुने गरिन्छ ।पूर्व राष्ट्रपति जोसले भने आफ्नो जीवन शैलीलाई कसैकसैले पागल र सन्की देख्लान् तर यो त जीवन जिउने आफ्नो–आफ्नो तरिका भएको बताउँछन् ।

जोस उरुग्वेका राष्ट्रपति हुदाँ  उनको सुरक्षाको लागि जम्मा २ जना मात्रै प्रहरी अधिकारी रहेका थिए र निजी रुपमा उनको ‘मनुएला’ नामक एक कुकुरले उनलाई सुरक्षा दिने गर्दथियो।

यस्तो होइन कि उरुग्वेको राष्ट्रपतिलाई सुविधा कम दिइन्छ, जोस आफ्नै खुशिले यसरी बसेका थिए । जोसले उरुग्वेको तर्फबाट दिएको आलिशान घर त्यागेर आफ्नी पत्नीको सानो फार्म हाउसमा बसे । जुन राजधानी मोनतेविडियोको नजिकै छ ।

जोस आफ्नी पत्नीको साथमा त्यहाँ बस्छन् र फूलको खेती पनि गर्छन् । जोस राष्ट्रपति हुदा पाउने आफ्नो तलब मध्येबाट ९० प्रतिशत तलब दान गर्दथिए । जुन लगभग १२ हजार डलर हुने गर्छ । उरुग्वेका राष्ट्रपति जोस मुजीका ‘क्युबा क्रान्ति’बाट उदाएका नेता हुन् ।

 उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिमा चुनिएका थिए । जोस १९६० र १९७० मा उरुग्वेमा भएको गुरिल्ला संघर्षको सबैभन्दा ठूला नेता पनि हुन् । उनले आफ्नो छातीमा ६ पटक गोली समेत खाएका छन् । उनले १४ वर्ष जेल जीवन विताएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology