बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनायो

NAWALPUR TIMES

बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनायो
1602521463005

एजेन्सी, २६ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित गराएको छ । सोमबार भर्चुआमाध्यमबाट बसेको मन्त्रिपरिषद बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको हो।

 

यसअघि बंगलादेशमा महिला तथा बालिकाहरुमा दर्व्यवहारका घटना उच्च बढेपछि नागरिक स्तरबाट कडा कानूनको माग उठेको थियो । त्यस्तै बंगलादेका नागरिकहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने कानून संशोधन गराउन माग गर्दै आन्दोलनसमेत चर्काएका थिए ।

कोरोना महामारीकाबीच बसेको आजको मन्त्रिपरिषद बैठकले महिला तथा बालबालिका शोषण रोकथाम विधेयकमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाएर पारित गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology