देशका अधिकांश ठाउँको मौसम सफा रहने, पहाडी भागमा भने हल्का वर्षा

NAWALPUR TIMES

देशका अधिकांश ठाउँको मौसम सफा रहने, पहाडी भागमा भने हल्का वर्षा
1602469732955

काठमाडौं। देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

 

भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै, पर्सि प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology