पौडेलको रामकसममा साउथ इन्डियनको स्वाद,छोटो समयमै दर्शकको मन जित्न सफल

NAWALPUR TIMES

पौडेलको रामकसममा साउथ इन्डियनको स्वाद,छोटो समयमै दर्शकको मन जित्न सफल
received 813539059434980 scaled

नारायण प्रभु
१२ असोज,नवलपुर
जापानमा रहेर पनि सदैब नेपाली गित संगीतलाई माया गर्ने नवलपुरका केशब पौडेलले फेरि पनि नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन। ‘उहि खोलीमा पानी उहि खोलीमा माछा ‘ नेपालकै सुपरहिट लोकदोहोरी गितबाट करोडौ क्लबका मालिक बनेका सर्जक केशब पौडेलले दशै तिहारको अवसर पारेर रामकसम आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेका छन।राम्रै लगानी गरेर साउथ इन्डियन फ्लिमको स्वाद दिने खालको म्युजिक भिडियो निर्माण गरेको हुदा पनि दर्शक श्रोताले छोटो समयमै मन पराइदिनु भएकोमा आफू खुशी भएको पौडेलले बताएका छन। सर्जक केशब पौडेलकै शब्द रहेको यस गितको म्युजिक भिडियोमा चित्र मास्के मगरको निर्देशन रहेको छ। जुना श्रीमगर र रोशन कुताल क्षेत्रीको स्वर रहेको रामकसममा रोशन कुताल क्षेत्रीले नै संगीत भरेका हुन । गीतको एरेन्ज हेमन्त शिशिरले गरेका छन।
जोबिका कार्की र रमेश थापाको जोडदार अभिनय रहेको यस म्युजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन भने म्युजिक भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन् । नेपाली संगीत क्षेत्रमा दर्जनौ गित दिइसकेका सर्जक केशब पौडेलले अन्य गितहरुलाइ जस्तै यस गितलाई पनि दर्शक श्रोताले अझ धेरै मन पराइदिनेमा आफू ढुक्क रहेको बतएका छन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology