नवाजउद्दिन विरूद्ध पत्नीले दिइन् बलात्कार र धोका गरेको उजुरी

NAWALPUR TIMES

नवाजउद्दिन विरूद्ध पत्नीले दिइन् बलात्कार र धोका गरेको उजुरी
nawaj with his wife alia.png1600927333

बितेका केही महिनादेखि बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पारिवारिक विवाद जारी छ।

जारी विवादमा नवाज पत्नी आलियाले उनी विरूद्ध बलात्कार र धोका गरेको आरोप लगाउँदै उजुरी दिएकी छन्।
उजुरीले उनको मुश्किल बढ्ने भएको छ।

आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्।

नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको छ।

नवाजकी पत्नीले यसअघि नै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेकी छन्।

 

त्यसयता उनीहरूले एकअर्काको विरूद्ध आरोपप्रत्यारोप गर्दै आइरहेका छन्।

पत्नी पायलले एक साता अघि नवाज र आफ्ना परिवारका चार सदस्य विरूद्ध नवाजको गृहनगरमा उजुरी दिएकी थिइन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology