फिनल्याण्डमा कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता लगाउँदै !

NAWALPUR TIMES

फिनल्याण्डमा कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता लगाउँदै !
1600966015587

हेलसिंकी- फिनल्याण्डको हेलसिङ्की विमानस्थलमा कोरोना परीक्षणका लागि तालिमप्राप्त विभिन्न कुकुरहरू राखिएको छ। ती कुकुरहरूले मानिसमा कोरोना भाइरसको संक्रमण भए/नभएको सुँघेर थाहा पाउने त्यहाँका अधिकारीहरूले बताएका छन्।

यसका साथै विमानस्थलमा अन्य तवरले गरिने परीक्षण पनि भइरहेका छन्। अहिलेसम्म कुकुरले सुँघेर नै कोरोना पत्ता लगाउन सक्ने भन्ने तथ्य भने आइसकेको छैन। अहिले विमानस्थलमा आएका यात्रुहरूलाई तालिमप्राप्त कुकुरहरूले सुँघ्ने गर्छन् यदि सुँघ्दा कोरोनाको शंका लाग्यो भने उसलाई तुरून्तै परीक्षणका लागि लैजाने गरिएको छ।

१५ वटा कुकुरको समूहमा १० वटा कुकुर भने रोजगारप्राप्त विशेष तालिमप्राप्त रहेको अधिकारीहरूले जानकारी दिए। तीमध्ये कतिपय रेस्क्यूमा खटिएका कुकुर समेत भने कतिपय सुँघेर क्यान्सर पत्ता लगाउन सक्ने कुकुरहरूसम्म रहेका छन्।

तालिमप्राप्त कुकुरहरूले सुँघेर करिब सबैजसो पत्ता लगाएको भन्दै  यूनिभर्सिटी अफ हेलसिंकीकी प्रोफेसर अन्ना हेल्म बोर्कम्यानले भन्छिन्, ‘यो कुरामा उनीहरू एकदम संवेदनशील छन्। उनीहरूको अहिलेसम्मको कार्य करिब शत प्रतिशतजस्तै सफल भएको छ।’-एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology