डा केसीको नेपालगन्जमा उपचार

NAWALPUR TIMES

डा केसीको नेपालगन्जमा उपचार
govinda kc IukC7FraEl

नेपालगन्ज, असोज ६ । अनशन बसेको आठौं दिन डा गोविन्द केसीको नेपालगन्जमा उपचार सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा। प्रवीण गिरी र सहयोगी हिमाल कार्कीसहित सोमबार दिउँसो ४ः३० बजेतिर हेलिकोप्टरमा नेपालगन्ज आएका डा। केसीको भेरी अस्पतालमा उपचार सुरु भएको हो।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले अस्पताल आउनेबित्तिकै रगत र पिसाब जाँच गरेको बताए। उनको ईसीजी पनि गरिएको छ। ‘जुम्लामा हुँदा उपचार गर्न मान्नु भएको थिएन। नेपालगन्जमा पुगेपछि स्वास्थ्य परीक्षण र उपचार गर्न मान्नु भएको छ’, डा गिरीले भने, ‘जुम्लामा हुँदा मुटुको चाल बढ्ने, पिसाब कम हुने समस्या थियो। भेरीमा स्लाइन पनि लिन मान्नुभयो।’ डा केसीलाई मंगलबार काठमाडौं लैजाने तयारी गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology