गैँडाकोटका कन्सलटेन्सीहरुले भने : नक्सा पासमा नगरवासीलाई समस्या भयो

NAWALPUR TIMES

गैँडाकोटका कन्सलटेन्सीहरुले भने : नक्सा पासमा नगरवासीलाई समस्या भयो
images

गैँडाकोट नगरपालिकामा नक्सा पासका सम्बन्धमा प्रस्ट मापदण्ड नहुँदा नगरवासीले दुःख व्यहोर्नु परेको भन्दै कन्सलटेन्सीहरुले नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाएका छन । गैँडाकोट नगरपालिकामा सूचिकृत विभिन्न सातवटा कन्सलटेन्सीहरुले संयुक्त रुपमा नगरप्रमुख छत्रराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

उनिहरुले नगरपालिकामा नयाँ आएका प्राविधिक कर्मचारीहरु हुँदाको बखत काम छिटो सम्पन्न हुनुपर्नेमा थप समस्या बढ्न गएको बताएका छन। कन्सलटेन्सी परामर्शदाताहरुले नगरपालिकालाई विभिन्न १२ बुदे सुुझाव समेत दिएका दिएका छन ।अमिन सम्वन्धि व्यवस्था प्रष्ट हुनुपर्ने, कन्सलटेन्टको अधिकारक्षेत्र र कार्यविधि सम्वन्धी नियम स्पष्ट हुनुपर्ने, कर्मचारीको दक्षता र क्षमता अभिवृद्धि गर्नुपर्ने लगायतका १२ बुदे सुझाव उनिहरुको छ ।

नगरपालिकामा सूचिकृत शाईन इन्जिनियरिङ कन्सलटेन्सी, नारायणी ट्रेनिङ एण्ड इन्जिनियरिङ प्रा.लि., साउथ वेष्ट मल्टी प्रपोज कन्सलटेन्सी, ग्राण्ड भ्यू इन्जिनियरिङ कन्सलटेन्सी, ओनल इन्जिनियरिङ कन्सलटेन्सी, जिनियस इन्जिनियरिङ कन्सलटेन्सी र नेवरहुड क्रियसन इन्जिनियरिङ कन्सलटेन्सीले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

नगरपालिकालाई कन्सलटेन्सीहरुले बुझाएको ध्यानाकर्ष पत्र हेर्नुहोस :

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology