माल्दिभसमा चर्किँदै ‘इंडिया आउट’ अभियान

NAWALPUR TIMES

माल्दिभसमा चर्किँदै ‘इंडिया आउट’ अभियान
1600332084.india maldives agencies

काठमाडौं। पछिल्ला दिन माल्दिभ्समा सामाजिक सञ्जालहरुमा ‘इंडिया आउट’ अभियान जोडतोडका साथ चलेको छ। माल्दिभ्सको संसदका सभामुख तथा पूर्व राष्ट्रपति मोहम्मद नाशीदले ईण्डिया आउट अभियान आईएसआईएस सेलको भएको बताएका छन्।

 

यो अभियान मार्फत माल्दिभ्सबाट भारतीय सैनिकहरु हटाउन खोजिएको नाशीदले स्पष्ट पारेका छन्। यो अभियानलाई माल्दिभ्सको विपक्षी दलले बल दिइरहेको छ। भारतीय सैनिकको उपस्थिति माल्दिभ्सको सार्वभौमिकता र स्वतन्त्रताविरुद्ध भएको विपक्षी दलले बताएको छ।

 

विपक्षी दलको भारत विरोधी गतिविधिबारे माल्दिभ्सका विदेश मन्त्री अब्दुल्लाले भने आलोचना गरेका छन्। अब्दुल्लाले भनेका छन्, “जसले द्विपक्षीय सम्बन्धलाई पचाउन सकेका छैनन्, उनीहरु अहिले यस प्रकारको अभियान चलाएका छन्।” उनको भारत सर्मथित भनाई यस्तो बेला आएको छ, जतिबेला जेलमा रहेका माल्दिभ्सका पूर्वराष्ट्रपति  अब्दुल्ला यमीनको नेतृत्वमा रहेको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स–पीपुल्स नेशनल कांग्रेस (पीपीएम–पीएनसी)ले भारतीय सेनाको उपस्थितिको चर्को विरोध गरिरहेको छ।

 

माल्दिभ्समा युवाहरुको उक समुहले ईण्डिया आउन अभियानलाई तीव्रता दिइरहेका छन्। स्थानीय प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको छ। भारतको विरोध गर्दै निकालिएका मोटरसाईक र्‍यालीमा सहभागीलाई समेत पक्राउ गरिएकोमा पीपीएम–पीएनसीले आपत्ति जनाएको छ।

 

केही दिनअघि माल्दिभ्समा केही युवाहरुले ट्वीटरमा ह्यासट्याग इंडिया आउट ट्वीट गरेका थिए। त्यसपछि यो ह्यासट्याग माल्दिभ्समा ट्रेन्डिङम आएको थियो।

 

बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology