विद्यालयका कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ

NAWALPUR TIMES

विद्यालयका कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ
IMG 20200914 114418

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास चोकमा अवस्थित महेन्द स्मारक आधारभूत विद्यालयबाट चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गर्ने समुुहलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास नजिकैबाट उनिहरु साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३ जना युुवाहरु रहेका छन । उनिहरुको सम्वन्धमा थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गएराति विद्यालय हाताभित्र प्रवेश गरी ढोका फोरर उनिहरुले चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology