जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

NAWALPUR TIMES

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत
IPO

जनरल इन्स्योरेन्सले जारी गर्न लागेको ३० लाख कित्ता आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। नेपाल धितोपत्र बोर्डले आज उक्त आईपिओ स्वीकृत गरेको जनाएको छ ।

कूल एक अर्ब जारी पुँजी रहेको कम्पनीको ७० करोड रुपैयाँ संस्थागत लगानीकर्ताको शेयर रहेको छ भने बाँकी ३० करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो।

आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ । कम्पनीले छिट्टै आईपिओ जारी गर्ने जनाएको छ ।

कम्पनीको आर्ईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology