प्राकृतिक चिकित्सालयको आईसोलेसनका थप ३३ जना संक्रमितले कोरोनालाई जिते

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयको आईसोलेसनका थप ३३ जना संक्रमितले  कोरोनालाई जिते
IMG 20200827 161129

कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ३३ जना कोरोना संक्रमित निको भएका छ्न ।

प्रादेशिक प्रयोगशाला बाट बुधबार बेलुकी प्राप्त रिपोर्ट अनुसार १३२ जनाको परिक्षण गर्दा ३३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

संक्रमण मुक्त हुनेहरुमा विनयी त्रिवेणि गाउँपालिकाका ११ जना पुरुष र ४ महिला, कावासोती नगरपालिकाका ५ पुरुष र १ महिला, गैंडाकोट नगरपालिकाका ५ पुरुष र ३ महिला, मध्यविन्दु नगरपालिकाका २ पुरुष र देवचुली नगरपालिकाका कि २ महिला रहेका प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिएका छ्न ।

संक्रमण मुक्त हुनेहरुमा काङ्ग्रेस जिल्ला सचीव बालकृष्ण घिमिरे, पत्रकार सागर पोख्रेल पत्रकार अर्जुन अविरल सहितका रहेको छन । यो सँगै अब जिल्लामा सक्रिय संक्रमितको संख्या १७० रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology