टोरिनो ल्याबमा नेपाली ‘होरी’ छनोट

NAWALPUR TIMES

टोरिनो ल्याबमा नेपाली ‘होरी’ छनोट
1599315271.hori

काठमाडौं। विश्वकै प्रतिष्ठित मानिने इटालीको टोरिनो फिल्म ल्याब (टीएफएल) मा एक नेपाली चलचित्र छनोटमा परेको छ। अरूणदेव जोशीको लेखन तथा निर्देशन रहने होरी चलचित्र छनोटमा परेको हो। विश्वभरका १२ वटा चलचित्र टोरिनामा छनोटमा भएका छन्। जसमा लक्षिण एसियाबाट दुई वटा चलचित्र छनोटमा परेका हुन्। जसमा अरूणदेवको होरी र भारतबाट सुमन सेनको ‘सोलो’ छन्।

 

डोटेली भाषामा बन्ने यो चलचित्र द्वन्द्वकालमा भएका घटनामा आधारित छ। द्वन्द्वकालमा त्यहाँका त्यसको स्थानीय जनजीवनमा परेको प्रभावलाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक जोशीले बताए। टोरिनोमा छनोट भएर नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रभाव पार्न थालेको जोशीको भनाइ छ। “यसरी छनोटमा पर्नु भनेको मेरो लागि मात्र नभएर नेपाली चलचित्र क्षेत्रकै लागि खुसीको कुरा हो। हामी पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने सावित भएको छ,” जोशीले भने।

 

अब छनोटमा परेको चलचित्रहरू टोरिनो ल्याबको फिल्म डेभलपमेन्ट कार्यक्रम दुई चरणमा हुनेछ। पहिलो चरण १४ सेप्टेम्बरदेखि ३० सम्म हुनेछ। उक्त चरणमा फिल्मको स्क्रिप्टका लागि कथावस्तुमा छलफल हुनेछ।

 

त्यस्तै दोस्रो चरण अक्टोबरमा हुनेछ। त्यसमा कथावस्तु र परिकल्पना प्रस्तुत गरिनुका साथै अन्तर्राष्ट्रिय निर्माताहरुसामु सहनिर्माणको सम्भावनाबारे छलफल हुनेछ। कोरोना महामारीका कारण यो सबै प्रक्रिया भर्चुअल हुनेछ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology