आत्मविश्वासका साथ काम गर्न निर्देशन

NAWALPUR TIMES

आत्मविश्वासका साथ काम गर्न निर्देशन
KP Sharma Oli

काठमाडौँ, २० भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको जानकारी दिनुुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महìवपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा. युवराज खतिवडालाई धन्यवाद व्यक्त गर्नुभयो । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा। खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटरले बिदाइ भेट गर्नुभएको छ । बिदाइ भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिदाइ भेट गर्नुभएको खबर आजको गोरखापत्रले छापेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology