मनमाेहन अस्पतालमै दुई समूहबीच ग्याङ फाइट, डाक्टर र नर्स कुटिए

NAWALPUR TIMES

काठमाडौं : बिहीबार राति स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको छ। आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्‍युरिटी गार्ड कुटिएका छन्। तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ।

बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो। त्‍यस क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०/४० जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ।

झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ।

कोरोना महामारी र जारी निषेधाज्ञामा भलिबल खेल खेलाउनु आफैँमा गैरकानुनी काम थियो। त्यसबाहेक घाइतेको उपचार भएको अस्पतालमै गएर आक्रमण गर्नु झनै गैरकानुनी काम देखिएको छ। महामारीकाबीच आफ्नो ज्यानको मतलब नगरी स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै यसरी आक्रमण हुनु निकै दुखद कुरा हो।थाहा खबर बाट

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology