गैंडाकोटकी ३ बर्षीया वालिकामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

गैंडाकोटकी ३ बर्षीया वालिकामा कोरोना संक्रमण पुष्टि
Untitled 1

प्रकाश भण्डारी, गैंडाकोट

गैँडाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३ बर्षीया बालिका रहेको  गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

भाद्र १५ गते लिईएका १३० स्वाब मध्ये बिहान मात्रै १६ जनामा संक्रमण पुष्टि भएको थियो। आज मात्रै गैँडाकोट नगरपालिकामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

गैँडाकोट नगरपालिकामा हालसम्म ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६ जना निको भएको पौडेलले बताउनुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology