प्रकाश भण्डारी, गैंडाकोट
गैँडाकोटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टिहुनेहरूमा गैंडाकोट नगरपालिका वडा नं. १ का ४ जना, वडा नं. २ का ५ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का ५ जना गरी जम्मा १६ जना रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।
भाद्र १५ गते लिईएका जम्मा १३० स्वाब मध्ये १६ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताउनुभयो।
प्रकाशित : २०७७ भदौ १९ गते ५:५९
Facebook Comment