कोरोना संक्रमण देखिएका गैंडाकोटका मृगौला बिरामीको मृत्यु

NAWALPUR TIMES

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ५ का ३७ वर्षीय मृगौलाका बिरामी रहेका पुरुषमा कोरोना संक्रमण देखिए पछि बिहीवार २:२० बजे मृत्यु  भएको छ ।

चितवन मेडिकल कलेजले जारी गरेको विज्ञप्तीमा गैंडाकोट २ का भनिए पनि उनि गैंडाकोट ५ का रहेको गैंडाकोट-५ का वडाध्यक्ष नवराज कंडेलले बताउनुभयो ।                           मृगौलामा समस्या देखिए पछि उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेज भरतपुरमा गत भदौ ९ गते भर्ना भएका उनको स्वास्थ्यमा जटिलता देखिए पछि भदौ १० गते कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology