रणवीरदेखि विक्कीसम्मलाई लागुऔषधको परीक्षण गर्न कंगनाको चुनौती

NAWALPUR TIMES

रणवीरदेखि विक्कीसम्मलाई लागुऔषधको परीक्षण गर्न कंगनाको चुनौती
1599112307.kangana

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतले बलिउडकर्मीहरू लागुऔषध प्रयोगकर्ता रहेको बताउँदै आएकी छन्।

 

सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनको पक्षमा वकालत गर्दै आएकी कंगनाले बलिउडमा लागुऔषध प्रयोगकर्ताको ठूलो गिरोह रहेको बताइन्।

 

सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्ती ड्रग्स प्रयोग गर्ने गरेको कुराहरू बाहिर आइरहेका बेला कंगनाले धेरैजसो बलिउडकर्मी नै यसको शिकार बनेको बताइन्।

 

उनले ९९ प्रतिशत बलिउडकर्मी ड्रग्स प्रयोग गर्ने बताएकी थिइन्। उनले रणवीर सिंह, रणवीर कपूर, अयान मुखर्जी तथा कौशल जैसेलगायतका सेलिब्रेटीको ड्रग परीक्षण गराउनुपर्ने बताइन्। त्यसका लागि रगत दिन आह्वान गरेकी छन्।

 

कंगनाले उनीहरूलाई कोकीनको नशा लिने गरेको आरोप ट्वीटरमार्फत् लगाइन्। यस्तो अफवाहको भण्डाफोर गर्नका लागि पनि उनीहरूले परीक्षण गराउनुपर्ने उनको भनाइ थियो।

 

प्रधानमन्त्री कार्यालयलाई समेत ट्याग गरेर लेखिएको ट्वीटमा उनले यदि स्वच्छरूपमा परीक्षण गराएको खण्डमा लाखौं युवाका लागि प्रेरणाको स्रोत मानिने उनको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology